कोलकताले पञ्जाबलाई दियो १५० रनको लक्ष्य

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत जारी खेलमा कोलकता नाइट राइडर्सले किंग्स ११ पञ्जाबलाई १५० रनको लक्ष्य दिएकाे छ ।

शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको कोलकताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४९ रन बनाएको हो ।

उता पञ्जाबका लागि मोहम्मद शमीले ३ विकेट, रवि बिस्नोइ र क्रिस जोर्डनले २/२ विकेट लिए । त्यस्तै ग्लेन म्याक्सवेल र मुरुगन अश्विनले १/१ विकेट लिए ।

प्रकाशित: १० कार्तिक २०७७ २१:३७ सोमबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी