२० मंसिर २०७८ सोमबार

स्टार च्यानल क्लिन फिडमा उपलब्ध, नेपाली दर्शकले आईपीएल हेर्न पाउने

काठमाडौं ।

बुधबारदेखि नेपाली दर्शकले इन्डियन प्रिमियर लिग (आईपीएल) हेर्न पाउने भएका छन् । स्टार इन्डिया नेटवर्कले तीनवटा च्यानल क्लिन फिडमा उपलब्ध गराउन थालेपछि नेपालका सबै टेलिभिजन प्रदायकका ग्राहकले आईपीएल हेर्न पाउने भएका हुन् ।

नेपालमा क्लिन फिड लागु भएपछि कात्तिक ८ गते देखि विज्ञापन बज्ने विदेशी च्यानलको प्रशारण रोकिएको थियो ।

डिसहोमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यले अस्थायी समाधान खोजेर स्टार इन्डियाले ती च्यानल पठाएको जानकारी दिए । उनले विस्तारै स्थायी रुपमा क्लिन फिडसहितको च्यानल उपलब्ध गराउन आफूहरु लागि परेको बताए ।

स्टार इन्डियाले आईपी (इन्टरनेट प्रोटोकल)मा आधारित प्रविधिमार्फत् क्लिन फिडसहितको च्यानल पठाएको हो ।

प्रकाशित: १२ कात्तिक २०७७ १८:४४ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी