पञ्जाबले राजस्थानलाई दियो १८६ रनको लक्ष्य

दुबइमा जारी इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत आज जारी खेलमा किंग्स ११ पञ्जाबले राजस्थान रोयल्सलाई १८६ रनको लक्ष्य दिएकाे छ ।

टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८५ रन बनाएको हो । पञ्जाबका लागि उत्कृष्ट ब्याटिङ गरेका क्रिस गेलले सर्वाधिक ९९ रन बनाएका छन् । त्यस्तै कप्तान केएल राहुलले ४६ रन बनाउँदा निकोलस पुरन २२ रनमा पभेलियन फर्किए ।

उता राजस्थानका लागि जोफ्रा आर्चर र बेन स्टोकले समान २/२ विकेट लिए । राजस्थान केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।

प्रकाशित: १४ कार्तिक २०७७ २१:५१ शुक्रबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी