काठमाडौं ।
इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गए राति भएको खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गरेको छ । यससँगै सनराइजर्स दोस्रो क्वालिफायरमा पुगेको छ ।
बैंगलोरले दिएको १३२ रनको लक्ष्य पछाएको हैदरावादले १९.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
हैदरावादका लागि केन विलियम्सले सर्बाधिक ५० रन बनाए । यस्तै जासन होल्डरले अविजित २४ रन, मनिष पाण्डेले २२ रन र कप्तान डेविड वार्नरले १७ रन बनाए ।
त्यस्तै बैंगलोरका बलर मोहमद सिराजले दुई विकेट, एडम जाम्पा र युजवेन्द्र चहलले एक, एक विकेट लिए।
यस अघि टस हारेर पहिले ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाउदै १३१ रन बनाएको थियो ।
बैंगलोरका लागि एबी डिभिलीयर्सले ५६ रन बनाए भने एरोन फिन्चले ३२ रन बनाए ।
त्यस्तै हैदरावादका बलर जासन होल्डरले ३ विकेट लिए भने टि नटराजनले २ तथा शाहबाज नदीमले एक विकेट लिए ।
जितसँगै दोस्रो क्वालिफायरमा पुगेको सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्ससँग आइतबार खेल्नेछ । यता हारसँगै रोयल च्यालेन्जर्स बैंगलोरको आइपिएल यात्रा भने टुंगिएको छ ।
प्रकाशित: २२ कार्तिक २०७७ ०६:१८ शनिबार