1
1
1
1
1
0
Shares

फिफा अन्तर्राष्ट्रिय रेफ्रीमा हेरफेर

1
1
1
1
1
1
1
1

काठमाडौं ।

प्रज्वल क्षेत्री र प्रकाश नाथ श्रेष्ठ फिफा अन्तर्राष्ट्रिय रेफ्रीमा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार क्षेत्री र श्रेष्ठलाई सन् २०२१ का लागि फिफा रेफ्री नियुक्त गरिएको जनाएको छ ।

एन्फाले फिफा रेफ्री सुदिश पाण्डे र श्रवन लामाको स्थानमा क्षेत्री र श्रेष्ठलाई नियुक्त गरिएको जनाएको हो । पाण्डे र लामा यसपटक रेफ्रीको सूचीमा परेका छैनन् ।

यस्तै महिलातर्फ अन्जना राई फिफा रेफ्रीमा नियुक्त भएकी छिन् । उनले अश्मिता मानन्धरको स्थान लिएकी हुन् । फिफा सहायक रेफ्रीमा रोजेन श्रेष्ठ र पदम भुजेलको स्थानमा विक्रम चौधरी र किशन यादवलाई नियुक्त गरिएको छ ।

एन्फाले यस अघिका फिफा रेफ्रीहरु हेरफेर गर्दै नयाँ नियुक्त गरेको हो । एन्फाको रेफ्री समितिले फिटनेस र मेडिकल टेस्टपछि नयाँ रेफ्रीहरुको सूची तयार गरेको हो ।
नयाँ रेफ्रीको सूची :

फिफा रेफ्री : नविन्द्र महर्जन, कविन व्यञ्जनकार, प्रज्वल क्षेत्री, प्रकाश नाथ श्रेष्ठ, अन्जना राई (महिला)

सहायक रेफ्री : विना श्रेष्ठ (महिला), नानी राम थापा मगर, माधव खत्री, युनल श्रेष्ठ, सहदेव श्रेष्ठ, विक्रम चौधरी, किशन यादव

प्रकाशित: २४ कात्तिक २०७७ ११:३२ सोमबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी