३ भदौ २०७९ शुक्रबार
1
1
1
1

नेपालले पायो विश्व रग्बीको सदस्यता

1
1
1
1
1

काठमाडौं ।

नेपाल रग्बी संघले रग्बीको सर्वोच्च निकाय विश्व रग्बीबाट एसोसियट राष्ट्रको सदस्यता प्राप्त गरेको छ । विश्व रग्बीको बुधबार बसेको बैठकले नेपाललाई एसोसियट राष्ट्रको सदस्यता दिएको हो ।

नेपाल रग्बी संघले बिहीबार एक विज्ञप्ति निकाल्दै संघले विश्व रग्बीको सदस्यता प्राप्त गरेको जनाएको छ । संघले सदस्यता प्राप्त गर्नुलाई संघको महत्वपूर्ण उपलब्धि भएको समेत जनाएको छ ।

एसिया रग्बीको सिफारिसमा नेपाललाई एसोसियट राष्ट्रको मान्यता दिएको हो । गत भदौमा एसिया रग्बीले नेपाललाई पूर्ण सदस्यता प्रदान गर्न विश्व रग्बीलाई सिफारिस गरेको थियो ।

नेपालसहित इरान र लाओसलाई विश्व रग्बीको पूर्ण सदस्य राष्ट्र प्रदान गर्न एसिया रग्बीले सिफारिस गरेको थियो । नेपालले दुई वर्ष अगाडि मात्र एसिया रग्बीको पूर्ण सदस्यता पाएको थियो ।

नेपाल भने सन् २०१४ मा विश्व रग्बी र एसिया रग्बीको एसोसिएट राष्ट्रको रूपमा आबद्ध भएको थियो । त्यस समयबाट ‘गेट इन्टु रग्बी’ कार्यक्रम नेपालभरी सञ्चालनसँगै घरेलु प्रतियोगिताको पनि सफलतापूर्वक आयोजना पश्चात एसिया रग्बीले नेपाललाई विश्व रग्बीको सदस्यता प्रदान गरेको हो ।

जापानमा भएको रग्बी विश्वकपको टुर सन् २०१८ मा नेपाल आएको थियो । त्यस समय नेपालले गरेको उत्सव आयोजनाबाट विश्व रग्बीसमेत निकै प्रभावित भएको थियो । उक्त विश्वकप ट्रफी ५ हजार ५ मिटर उचाईमा रहेको कालापत्थरसम्म पुर्याएको थियो । पहिलो पटक रग्बीको ट्रफी विश्वको सबैभन्दा ठूलो उचाईमा पुर्याउन सफल भएको थियो ।

प्रकाशित: ५ मंसिर २०७७ १२:१३ शुक्रबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी