४ भदौ २०७९ शनिबार
1
1
1
1

विश्वकप लिग–२ : नेपालले ओमान र अमेरिकासँग एकदिवसीय सिरिज खेल्ने

1
1
1

काठमाडौं ।

नेपालले सन् २०२१ को मार्चमा ओमान र अमेरिकासँग एकदिवसीय सिरिज खेल्ने भएको छ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत दोस्रो सिरिजमा नेपालले ओमान र अमेरिकासँग एकदिवसीय सिरिज खेल्ने भएको हो । कोरोना माहामारीका कारण स्थगित भएको क्रिकेट विश्वकप लिग २ को तालिका आईसीसीले पुनः सार्वजनिक गरेको छ ।

तालिका अनुसार नेपालले मार्च १९ देखि २८ सम्म ओमानमा ओमान र अमेरिकासँग एकदिवसीय सिरिज खेल्नेछ । यस्तै, सन् २०२२ को फेब्रुअरीमा नेपालले घरेलु मैदानमा पीएनजी र युएईलाई आतिथ्यता गर्नेछ । यसअघि नेपालले सन् २०२१ जुलाईमा स्कटल्याण्डमा नामिबियासँग सिरिज खेल्नेछ । यसैगरि सन् २०२२ को जुलाईमा नेपाल अमेरिकाको भ्रमणमा निस्कनेछ । जहाँ नेपालले अमेरिका र ओमानको सामना गर्नेछ ।

सन् २०२२ को सेप्टेम्बर २२ देखि अक्टोबर २ सम्म पीएनजीमा नेपालले खेल्नेछ । जहाँ युएई समेत सहभागी हुनेछ । सन् २०२३ मा समेत नेपालले नामिबिया र स्कटल्याण्डको आतिथ्यता गर्नेछ । लिग २ अन्तर्गत अन्तिम सिरिजमा नेपालले सन् २०२३ को फेब्रअरीमा युएईमा, पीएनजी र युएईसँग खेल्दै लिग २ समापन गर्नेछ ।

कोरोना महामारीका कारण स्थगित भएको लिग २ का थप ९६ खेलको तालिका आईसीसीले सार्वजनिक गरेको छ । खेलहरु सन् २०२१, २०२२ र २०२३ को सुरुवातमा समापन हुने गरि १४ सिरिजमा विभाजन गरिएको छ । लिग २ का २१ त्रिदेशीय एकदिवसीय सिरिज पश्चात शीर्ष ३ राष्ट्रले आईसीसी क्रिकेट विश्वकप छनोटका लागि स्थान बनाउने छन् । पुछारमा रहेका ४ राष्ट्रले ग्लोबल छनोटबाट आउँने राष्ट्रसंग विश्वकप छनोटको प्लेअपÞm खेल्नु पर्नेछ ।

नेपालले लिग २ अन्तर्गत गत फेब्रुअरीमा ओमान र अमेरिकासँग घरेलु मैदानमा सिरिज खेलेको थियो । घरेलु सिरिजमा नेपालले २ खेलमा जित हात पार्दा २ मा हार ब्यहोरेको थियो ।

प्रकाशित: २ पुष २०७७ ११:२३ बिहीबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी