खेलकुद

पिएसएल ड्राफ्टमा १० नेपाली खेलाडी, अनुबन्ध शून्य

15 Shares

पाकिस्तान सुपर लिग (पिएसएल) २०२१ मा नेपालका कुनै पनि खेलाडी अनुबन्ध भएनन् । आइतबार साँझ सम्पन्न छनौटमा नेपालका कुनै पनि खेलाडीलाई फ्रेन्चाइज टोलीले अनुबन्ध नगरेकाे हाे ।

नेपालबाट १० खेलाडी ड्राफ्टमा सहभागी थिए । सन्दीप लामिछाने प्लेटिनम क्याटेगोरीमा थिए । सिल्भर विदेशी कोटामा दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, कुशल मल्ल, पारस खड्का, अभिनाष बोहोरा, पवन सरार्फ, सुवास खकुरेल र आसिफ शेख थिए ।

पिएसएल ड्राफ्टमा २० देशका ४ सय भन्दा बढी विदेशी खेलाडी सहभागी थिए । गत वर्षको पिएसएलमा पनि नेपालका कुनै पनि खेलाडी अनुबन्ध भएका थिएनन् ।

प्रकाशित: २७ पुस २०७७ ०६:५३ सोमबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी