खेलकुद

प्रदेश १ विरुद्ध एपीएफले पहिले ब्याटिङ गर्दै

15 Shares

काठमाडौं। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशत्र प्रहरी बल (एपीएफ)ले प्रदेश १ विरुद्ध पहिले ब्याटिङ सुरु गरेकाे छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रदेश १ ले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो। शरद भेषावकरको कप्तानीमा रहेको एपीएफमा राष्ट्रिय खेलाडीको बर्चश्व छ।

शुक्रबारबाट सुरू प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा अर्को विभागीय टोली त्रिभुवन आर्मीले गण्डकी प्रदेशलाई ९७ रनले पराजित गरेको थियो।

प्रकाशित: ३ माघ २०७७ ०९:३६ शनिबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी