खेलकुद

प्रिमियर लिगमा आर्सनल विजयी

15 Shares

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा आर्सनल विजयी भएकाे छ ।  आर्सनलले न्युकासललाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा पिएरे एम्रिक औबामियाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

खेलको ६० औं मिनेटमा साकाले गोल गर्दै आर्सनललाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ७७ औं मिनेटमा पिएरेले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३-० को सहज जित दिलाए ।

जितसंगै आर्सनल लिगको दशौँ स्थानमा उक्लिएको छ । आर्सनलले १९ खेलमा २७ अंक जोडेको छ ।

प्रकाशित: ६ माघ २०७७ ०६:५९ मंगलबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी