अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला लिग फुटबल अन्तर्गत आजकाे खेल स्थगित गरेकाे छ । आजदेखि मंगलबारसम्मकाे खेल स्थगित भएकाे जनाएकाे छ ।
बिहीबारदेखि नियमित तालिकाअनुसार खेल खेलाइने एन्फाले जनाएको छ । चार दिनको खेल स्थगित भएपछि महिला लिगको तालिका पनि परिवर्तन हुने भएको छ ।
तालिकाअनुसार आज विभागीय टिम त्रिभुवन आर्मी र वालिङ नगरपालिकाबीचको खेल हुने तय भए पनि स्थगित भएकाे हाे ।
प्रकाशित: १० माघ २०७७ ०९:१२ शनिबार