नेपाल क्रिकेट संघ (क्यान)ले आयोजनामा जारी चौथो संस्करणको प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेल आजदेखि सुरु हुँदैछ ।
पहिलो सेमिफाइनलमा आज दुई विभागीय टोली एपीएफ र नेपाल पुलिस क्लब भिड्दैछन् । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।
शरद भेषावकरको कप्तानीमा रहेको एपीएफ टिममा बसन्त रेग्मी, सुवास खकुरेल, सन्दिप जोरा, आसिफ शेख, भुवन कार्की, अभिनाश बोहरा, कमल सिंह ऐरी र किशोर महतो छन् । किशोरसँगै रित गौतम र सूर्य तामाङ यसै संस्करणदेखि एपीएफका अनुबन्ध भएका हुन् ।
पुलिसबाट दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, ललित राजवंशी, रासिद खान, अनिल शाह, पवन सर्राफ, सागर ढकाल, सुनिल धमला, मन्जित श्रेष्ठ, योगेन्द्र सिंह कार्की, प्रेम तामाङ र दिलिप नाथलगायतका खेलाडी छन् ।
प्रकाशित: १४ माघ २०७७ ०७:१८ बुधबार