खेलकुद

टि १० मा डेब्यु गरेका सोमपाल र करणकाे माध्यम प्रदर्शन, दुवैकाे टिम विजयी

15 Shares

युएईमा आयोजना जारी टि-१० लिगमा नेपालका अलराउन्डर सोमपाल कामी सम्मिलित मराठा अरेवियन्सले आबूधाबी टि १० लिगमा विजयी सुरुवात गरेको छ ।

बिहिबार मराठाले नर्थन वारियर्सलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । जितको लागि १२८ रनको विजयी लक्ष्य पछ्याएको मराठाले १० ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो ।

डेब्यू खेलमा सोमपलले टोलीको प्रमुख तीव्र गतिको बलरको रुपमा खेल्दै पहिलो र अन्तिम ओभर गरेका थिए । उनले पहिलो ओभरमा ८ रन  खर्चेका थिए । दोस्राे तथा टोलीका लागि अन्तिम ओभरमा बलिङ गरेका सोमपाल कामीले २० रन खर्चे पनि विकेट लिन सकेनन् ।

अर्का अलराउन्डर करण केसी सम्मिलित पूणे डेभिल्सले पनि आबूधाबी टि१० लिगमा विजयी सुरुवात गरेको छ । पुणेले बिहिबार डेकन ग्ल्याडियटर्सलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । जितको लागि १०५ रनको विजयी लक्ष्य पछ्यायको पुणेले ९.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।

पुणेका लागि करणले छैटौं ओभरको पहिलो बलमा प्रसान्त गुप्ता र दोस्रो बलमा क्यामरन डेलपोर्टलाई एक/एक रन खर्चे । तेस्रो बलमा करणले चौका खर्चिए । करणको पाँचौं बलमा नो बल फालेपछि डेलपोर्टले छक्का प्रहार गरेका थिए । करणले त्यसपछि दुई रन र एक रन खर्चिदै आफ्नो पहिलो ओभर सकाए । करणले डेब्यूको पहिलो ओभरमा १७ रन खर्चिन पुगेका थिए ।

प्रकाशित: १६ माघ २०७७ ०७:५४ शुक्रबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी