त्रिविको ४५ औँ दीक्षान्त समारोह आज

त्रिविको ४५ औँ दीक्षान्त समारोह आज


काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ४५ औँ दीक्षान्त समारोहमा आज हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने समारोहमा १० हजार १८४ विद्यार्थी दिक्षित हुँदैछन् ।

पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा हुने समारोहमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई विभिन्न विधाका ३१ वटा पदक/ पुरस्कारसमेत प्रदान गरिने भएको दीक्षान्त समारोह समितिका सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए  । समारोहमा करीब ६ हजार ९०० अभिभावक सहभागी हुने भएका छन् ।

Logo