उपनिर्वाचन ०७६ : फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा नेकपा विजयी

उपनिर्वाचन ०७६ : फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा नेकपा विजयी


काठमाडौं

पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जित हात पारेको छ । यहाँ नेकपाका वीरबहादुर कुरुम्बाङ विजयी भएका हुन् । उनी प्रतिस्पर्धीभन्दा ८०६ मत अन्तरले विजयी भएका हुन्।

गएराति सम्पन्न मतपरिणाम अनुसार कुरुम्बाङले ५ हजार ३६९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका वृजहाङ आङ्देम्बेले ४ हजार ५६३ मत प्राप्त गरे। यस अघि यहाँ काँग्रेसले जितेको थियो ।

Logo