धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल खेलमा आज टिम चौराह धनगढी र काठमाडौँ गोल्डेन्स भिड्दै छन् । बिहिबार भएको खेलमा महेन्द्रनगर युनाइटेडलाई पाँच विकेटले पराजित गर्दै काठमाडौँ गोल्डेन्स फाइनलमा प्रवेश गरेको हो । टिम चौराहा धनगढीले भने काठमाडौँलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
उपाधि विजेताले २५ लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले १० लाखमा चित्त बुझाउनुपर्नेछ । यो प्रतियोगितामा काठमाडौं र धनगढीले दुईपटक खेलेकोमा एक एक खेल जितेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौंले धनगढीलाई ७ विकेटले हराएको थियो भने प्रतियोगिताको एलिमिनेटरमा काठमाडांैलाई एक विकेटले हराउँदै धनगढीले बदला लिएको थियो ।
खेल प्रदेश नं ७ को संघीय इकाइ प्रहरी कार्यालयको खेल मैदानमा आज दिउँसो १२:३० बजे हुनेछ ।
प्रकाशित: ३० चैत २०७४ ११:०० शुक्रबार