1
1
1
1

नेपाल कठिन समूहमा

1
1
1
1
1
1

थाइल्याण्डमा आयोजना हुने एएफसी यु–२३ वर्षमुनिको च्याम्पियनमा नेपाल कठिन समूहमा परेको छ ।

एशियाली फुटबल महासङ्घ ९एएफसी०ले जारी गरेको खेल तालिकामा नेपाल समूह ‘ए’ मा परेको हो । नेपालको समूहमा कतार, ओमान र अफगानिस्तान छन् । उक्त छनौट चरण आगामी मार्च २२ देखि २६ तारिखसम्म कतारमा हुनेछ । अघिल्लो संस्करणको छनौट चरणको खेलमा नेपाली यु–२३ टोली छनौट चरणबाटै बाहिरिएको थियो ।

छनौट चरणको खेलमा ४४ राष्ट्रले सहभागिता जनाउँदैछन् । सहभागी टोलीलाई ११ समूहमा विभाजन गरिएको छ । सो प्रतियोगिताबाट आयोजक थाइल्याण्डसहित १६ टोली अन्तिम चरणका लागि छनौट हुनेछन् । उक्त च्याम्पियनसिप आगामी सन् २०२० जनवरी ८ देखि २६ तारिखसम्म थाइल्याण्डमा हुनेछ ।

 

प्रकाशित: २१ कात्तिक २०७५ २१:२७ बुधबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी