नारी दिवसमा महिला स्क्वाट च्याम्पियनसिप हुने

नारी दिवसमा महिला स्क्वाट च्याम्पियनसिप हुने

केन्द्रबिन्दु
112
Shares

काठमाडौं। काठमाडौं व्यायाम व्यवसायी संघले नारी दिवसको अवसरमा प्रथम राष्ट्रव्यापी महिला स्क्वाट च्याम्पियनसिप आयोजना गर्ने भएको छ।

नारी दिवसका दिन फागुन २५ गते कमलपोखरीस्थित सिटी सेन्टर मलमा हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको शनिबार आयोजित पत्रकार सम्मेलनमा सचिव विजयतमरत्न बज्राचार्यले जानकारी दिए।

प्रतियोगितामा जम्मा तीन तौलसमूह प्रतिस्पर्धा हुनेछ। ५७ केजीमुनि, ५७।१ देखि ६५ केजीसम्म र ६५ केजीमाथि तौलसमूहमा खेल हुनेछ।

प्रतियोगितामा नेपालभरिका विभिन्न जिम क्लब तथा संघ संस्थाहरूबाट करिब ९० खेलाडीको सहभागिता रहने टेक्निकल कमिटीका संयोजक सुकदेव कार्कीले बताए।

प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई क्रमशः २० हजार १ सय, १० हजार १ सय र ५ हजार १ सय नगद पुरस्कारसहित गिफ्ट ह्याम्पर प्रदान गरिनेछ।

प्रतियोगिता सञ्चालन गर्न अनुमानित ५ लाख ७५ हजार खर्च हुने संघकी अध्यक्ष शोभा गुरुङले जानकारी गराइन्।

Logo