इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ। इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल विजयी भएको छ। शनिबार राति भएको खेलमा लिभरपुलले नटिङघम फरेस्टलाई अन्तिम समयमा एक गोल गर्दै पराजित गरेको हो।

लिभरपुलले दोस्रो हाफको अतिरिक्त नवौँ मिनेटमा गोल गरेको थियो। लिभरपुलका लागि डार्विन नुनेजले एलेसिस एलिस्टरको पासमा गोल गर्दै स्पष्ट ३ अंक दिलाए। जितसँगै लिभरपुलले २७ खेलबाट ६३ अंक बनाएको छ। नटिङघम फरेस्ट भने समान खेलबाट २४ अंकका साथ १७ औँ स्थानमा छ।

यसैगरी प्रिमियर लिगमा चेल्सी र ब्रेन्टफोर्डले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। उता, वेस्टह्यामले भने एभर्टनमाथि ३-१ गोलको जित पक्का गरेको छ। त्यसैगरी फुलह्यामले ब्राइटनलाई ३-० गोल अन्तरले पराजित गर्दा न्युक्यासलले वुल्भ्सलाई पनि ३-० कै नतिजामा स्तब्ध बनायो।

टोटनह्यामले क्रिष्टल प्यालेसलाई ३-१ गोल अन्तरले पराजित गर्दा एस्टन भिल्लाले लुटनमाथि ३-२ गोल अन्तरले जित निकालेको छ।

Skip This
Skip This
Logo