वुमन्स प्रिमियर लिगः डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स शीर्ष स्थानमा

वुमन्स प्रिमियर लिगः डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स शीर्ष स्थानमा

केन्द्रबिन्दु
84
Shares

काठमाडौं। वुमन्स प्रिमियर लिगमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा मुम्बईले रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजित गरेको हो। चार खेलबाट ६ अंक बनाएको मुम्बई शीर्ष स्थानमा पनि उक्लिएको छ।

एम चिन्नास्वामी स्टेडियममा पहिले ब्याटिङ गरेको आरसीबीले निर्धारित ओभरमा ६ विकेट गुमाएर १३१ रन बनाएको थियो। जवाफमा मुम्बईले ३ विकेट गुमाएर १५.१ ओभरमै लक्ष्य पूरा गरेकाे हाे।

मुम्बई इन्डियन्सकी कप्तान नेट–सेभर ब्रन्टले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी थिइन्। ब्याङ्लोरको सुरुवात निकै खराब रह्यो र ४२ रनमा पहिलो ४ विकेट गुमाएको थियो।

जसमा कप्तान स्मृति मन्धाना र सोफी डिभिन ९-९ रन बनाएर पभेलियन फर्किए भने सबिनेनी मेघना ११ रन बनाएर आउट भएकी थिइन् । यस्तै ऋचा घोष ७ रन बनाएर आउट भएकी थिइन्।

एलिस पेरी र मोलिनक्सले ५औं विकेटका लागि २९ रन जोडे भने एलिस पेरीले जर्जिया वारहमसँग छैटौं विकेटका लागि ५२ रनको अर्धशतकीय साझेदारी गरिन्।

एलिस पेरीले नटआउट ४४ रन बनाउँदा भार्हमले २७ रनको महत्वपूर्ण योगदान दिएर आफ्नो टोलीलाई १३१ रनको चुनौतीपूर्ण स्कोरमा लगेका थिए। मुम्बईका लागि नेट सिभर ब्रन्ट र पूजा वस्त्रकारले २–२ विकेट लिए भने इज्जी वोङ र साइका इशाकले समान १–१ विकेट लिए।

१३२ रनको लक्ष्यको जवाफमा मुम्बई इन्डियन्सका ओपनिङ ब्याटरले गतिलो सुरआत दिलाए। यास्तिका भाटियाले ३१ रन बनाइन् भने हेली म्याथ्युजले २६ रनको योगदान दिएकी थिइन्।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएकी नेट सिभर ब्रन्टले २७ रनको महत्वपूर्ण इनिङ खेलिन भने मिडल अर्डरमा ब्याटिङ गर्न आएकी मेलिया केरले ४० रनको नटआउट इनिङ्स खेल्दै मुम्बईलाई प्रतियोगिताको तेस्रो जित दिलाएकी थिइन्। बैंग्लोरका लागि सोफी डेभिन, जर्जिया वर्हम र श्रेयंका पाटिलले १–१ विकेट लिए ।

Skip This
Skip This
Logo