नेदरल्यान्ड्स र नामिवियाबीचको खेल जारी

नेदरल्यान्ड्स र नामिवियाबीचको खेल जारी

केन्द्रबिन्दु
266
Shares

काठमाडौं। त्रिकोणात्मक टी–२० क्रिकेट श्रृंखलाको फाइनल प्रवेशका लागि निर्णायक मानिएको आजको खेलमा नेदरल्यान्ड्सले पहिले फिल्डिङ गरिरहेको छ।

टीयु क्रिकेट मैदानमा नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएसँगै नामिविया ब्याटिङ गरिरहेको छ।

आजको खेलमा नामिवियाले फाइनलमा पुग्न नेदरल्यान्ड्सविरुद्ध फराकिलो जित हात पार्नुपर्ने हुन्छ। नेदरल्यान्ड्स भने आजको खेलमा विजयी भएमा सोझै फाइनलमा पुग्नेछ।

नेदरल्यान्ड्स कम अन्तरको हारमा पनि नेटरनरेटमा माथि रहँदै फाइनल खेल्ने सम्भावना बढी छ। नेदरल्यान्ड्स र नामिवियाले आजको खेलमा एक,एक खेलाडि टोलीमा परिवर्तन गरेका छन्।

नेदरल्यान्ड्सले काइल केलिनको स्थानमा ब्याटर विक्रमजित सिंहलाई टोलीमा समावेस गर्दा नामिवियाले माइकल भान लिंगेनको स्थानमा शन फौसीलाई मौका दिएको छ।

जारी सिरिजमा नेदरल्याण्ड्स ३ खेलमा एकमा हार र दुई खेलमा जित निकाल्दै चार अंकाका साथ पहिलो स्थानमा छ। नामिबिया समान ३ खेलमा १ मा जित र दुईमा हारसहित २ अंकका साथ तेस्रो स्थानमा रहँदा नेपाल ४ अंकका साथ दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरिसकेको छ। सिरिजको फाइनल मंगलबार हुनेछ।

Skip This
Skip This
Logo