प्रतिकुल मौसमका कारण फागुन २२ लाई सर्‍याे गौरीगंगा गोल्डकप

प्रतिकुल मौसमका कारण फागुन २२ लाई सर्‍याे गौरीगंगा गोल्डकप

केन्द्रबिन्दु
70
Shares

धनगढी। कैलालीको गौरीगंगामा हुने भनिएको चौथो संस्करणको गौरीगंगा गोल्डकप प्रतिकुल मौसमका कारण तीन दिनपछि सारिएको छ। शनिबार उद्घाटनको तयारी गरेको आयोजकले कैलालीमा लगातार वर्षा भएपछि उद्घाटन समारोहसहित प्रतियोगिता तीन दिनपछि सारिएको जनाएको हो।

यसअघि फागुन १९ गतेदेखि २८ गतेसम्म आयोजना हुने भनिएको प्रतियोगिता अब भने फागनु २२ गतेदेखि चैत १ गतेसम्म आयोजना गरिने आयोजक गौरीगंगा ११ स्पोर्टस क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए।

यसअघि प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले गर्ने तय भएको थियो। प्रतियोगिता तीन दिन पछाडी सरेपनि खेल तालिका भने यथावत राखिएको छ। यसअघि सार्वजनिक गरिएको खेल तालिका अनुसार नै खेलहरु आयोजना हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको उद्घाटन खेल घोडाघोडी युवा क्लब र सुदूरपश्चिम–११ स्पोर्टस क्लबकाबीचमा हुनेछ। गौरीगंगाको लिक्मा खेल मैदानमा सञ्चालन हुनेछ। कैलालीको गौरीगंगामा २०७४ सालदेखि आयोजना हुँदै आएको गोल्डकपको यो सिजन १० टोलीको सहभागिता रहेको छ।

यस वर्षको विजेताले नगद ६ लाख र उपविजेताले ३ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन्। सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, उत्कृष्ट विधाका खेलाडीले १५–१५ हजार नगद र हरेक खेलको म्यान अफ दि म्याच हुनेले ५ हजार पाउने छन्।

Skip This
Skip This
Logo