झापा गोल्डकपः पुलिस क्लब र चर्च ब्वाइज भिड्दै

झापा गोल्डकपः पुलिस क्लब र चर्च ब्वाइज भिड्दै

केन्द्रबिन्दु
84
Shares

विराटनगर। झापा गोल्डकप फुटब प्रतियोगिताअन्तर्गत आज आइतबार विभागीय टिम नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच खेल हुँदैछ। झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा यी दुई टिमबीचको खेल दिउँसो २ बजे सुरु हुने आयोजकले जनाएको छ।

यसअघि हिजो भएको प्रतियोगिताको उद्घाटन खेलमा संकटा फुटबल क्लब काठमाडौंलाई ४–२ गोलले हराउँदै विभागीय टिम एपीएफ विजयी बनेको थियो। टाइब्रेकरमा एपीएफले संकटलाई हराएको हो। खेलको प्लेयर अफ द म्याच एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठ घोषित भएका थिए।

शनिबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल फागुन २८ गते हुनेछ। प्रतियोगितामा नेपालका ए डिभिजनसहित १० टिमको सहभागिता छ। प्रतियोगिताको उपाधि विजेता टिमले नगद १३ लाख, उपविजेताले ७ लाख, ट्रफी पाउने छन्।

Skip This
Skip This
Logo