त्रिकोणात्मक सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

त्रिकोणात्मक सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

केन्द्रबिन्दु
252
Shares

त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० सिरिजको उपाधिको लागि अब घरेलु टोली नेपाल र नेदरल्यान्ड्स भिड्ने भएका छन् ।

नामिबिया र नेदरल्यान्ड्सबीच जारी लिग चरणको अन्तिम खेल वर्षाका कारण स्थगित हुँदै अंक बाँडिएपछि नेदरल्यान्ड्स फाइनलमा पुगेको हो । नामिबिया बाहिरियो । अंक तालिकामा नेदरल्यान्ड्स ४ खेलमा ५ अंक जोड्दै शीर्ष स्थानमा रहँदा नेपाल ४ खेलमा ४ अंक जोड्दै फाइनल पुग्यो । नामिबियाले ४ खेलमा ३ अंक मात्रै प्राप्त गर्यो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेदरल्यान्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले १५ ओभरमा चार विकेट गुमाउँदै ९८ रनको योगफल बनाएको थियो । त्यसपछि वर्षा भएसँगै खेल रोकिएको थियो । खेल रोकिनुअघि नामिबियाका लागि जान लोफ्टी इएटनले ३४ रन र जिन ग्रिन ११ रन बनाएर खेलिरेहेका थिए ।

अब नेपाल र नेदरल्यान्ड्सको फाइनल खेल मंगलबार हुनेछ । नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । यसैगरी, तेस्रो र चौथो खेलमा सानदार कमब्याक गर्दै नेपालले फाइनलमा स्थान पक्का गरेको हो । चौथो खेलमा नेपालले नेदरल्यान्ड्समाथि ६ विकेटको जित दर्ता गरेको थियो ।

Skip This
Skip This
Logo