बुढासुब्बा गोल्ड कपमा आइएमई पेबाट टिकट काट्न सकिने

बुढासुब्बा गोल्ड कपमा आइएमई पेबाट टिकट काट्न सकिने

केन्द्रबिन्दु
28
Shares

धरानमा जारी प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता आइएमई पेबाट सजिलै टिकट काटेर हेर्न मिल्ने भएको छ ।

फागुन २६ शनिवार देखि सुरु हुने बुढासुब्बा गोल्ड कप फुटबल २४औँ संस्करण हेर्न सहज बनाउने उद्देश्यले आइएमई पेबाट सजिलै टिकट काटेर हेर्ने व्यवस्था मिलाइएको हो । चैत ३ गतेसम्म आयोजना हुने प्रतियोगिता अवधि भर आइएमई पे बाट टिकट काट्न मिल्ने कम्पनीले जनाएकाे छ ।

यस पटकको बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगितामा ८ वटा क्लब सहभागी छन् ।

Logo