डेढ महिनादेखि आन्दोलनरत चिया मजदुरहरु काममा फर्किए

डेढ महिनादेखि आन्दोलनरत चिया मजदुरहरु काममा फर्किए


डेढ महिनादेखि आन्दोलनरत चिया मजदुरहरुले आन्दोलन फिर्ता लिएका छन्।

नेपाल चिया उत्पादक संघले श्रम ऐन र नियमावलीमा व्यवस्था भएबमोजिम पारिश्रमिक दिने लिखित सहमति गरेपछि आन्दोलन फिर्ता लिएका हुन्।  सोमबार साँझ झापाको विर्तामोडमा नेपाल चिया उत्पादक संघ र चिया मजदुरका विभिन्न संघ संघठनबीच तीन बुँदे सहमति भएको हो ।

सहमती अनुसार सरकारले चिया बगान तथा कारखानामा काम गर्ने श्रमिकका लागि तोकेको न्यूनतम पारिश्रमिक आधारभूत तलब दुई सय ३१, महंगी भत्ता एक सय ४५ र कारखानामा काम गर्ने नाइके तथा चौकीदारको अतिरिक्त भत्ता दैनिक ४२ रुपैयाँ चिया बगान तथा कारखानामा कार्वान्यन गरिने छ।

गत साउनदेखि नपाएको पारिश्रमिक आगामी चैत मसान्तसम्ममा उद्योगीले मजदुरलाई भुक्तानी गरिसक्नुपर्ने, श्रम ऐन २०७४ र नियमावली २०७५ मा भएको व्यवस्था नेपाल चिया उत्पादक संघमा आवद्ध चिया बगान तथा कारखानामा कार्यान्वयन गरिने र बन्द रहेका चिया बगान मंगलबार देखि खुला गर्ने र मजदुर काममा फर्किने उल्लेख छ ।

Skip This
Logo