सरकारलाई पत्रकारहरुको यस्तो चेतावनी (भिडियोमा)

सरकारलाई पत्रकारहरुको यस्तो चेतावनी (भिडियोमा)


काठमाडौं । नेपाली सञ्चारमाध्यमका सम्पादकहरुले सरकारले ल्याएको मिडियासम्बन्धि विधेयक मान्य नहुने चेतावनी दिएका छन । सरकारले संघीय संसदमा दर्ता गराएको मिडियासम्बन्धि विधेयकका विषयमा काठमाडौंमा गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै सम्पादकहरुले सरकारले संविधानको भावना विपरित सो विधेयक ल्याएको भन्दै आपत्ति पनि जनाएका छन ।

नयाँ पत्रिका दैनिकका प्रधानसम्पादक कृष्णज्वाला देवकोटा, कान्तिपुर दैनिकका प्रधानसम्पादक नारायण वाग्ले, नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुईटेल लगायतले सरकारले ल्याएको सो विधेयक स्विकार्य नहुने चेतावनी दिए ।

उनीहरुले मिडियालाई दुरुपयोग हुन नदिन आवश्यक संयन्त्र पत्रकारहरु आफैले बनाउनुपर्ने प्रस्ताव पनि अघि सारे । सम्पादकहरुले प्रेस स्वतन्त्रताको पक्षमा उभिएको पत्रकार महासंघले गैर पत्रकारहरुको पक्षपोषण हुने गरी वक्तव्य जारी गर्न नहुनेतर्फ पनि सचेत गराएका थिए ।

Logo