कुखुरा नपाल्ने गाउँको अचम्मको कथा (भिडियो रिपोर्ट)

कुखुरा नपाल्ने गाउँको अचम्मको कथा (भिडियो रिपोर्ट)


बाइरोडको बाटो अर्थात त्रिभुवन राजपथ हुँदै करिव ३ घण्टाको सवारी यात्रापछि टिष्टुङ देउराली भन्ने ठाउँमा पुगिन्छ । त्यहाँबाट कुन्छाल भञ्ज्याङ हुँदै करिब १० मिनेटको हरियाली जंगलको ओरालो यात्रापछि पाटी, पौवा र मन्दिरहरु देखिन थाल्छन् ।

त्यसकै आसपास एउटा कलात्मक ढुंगेधारा पनि छ । यसैको फेदमा रहेको एउटा नमुना वस्ती हो कुन्छाल । जुन मकवानपुरको थाहा नगरपालिका वडा नम्वर १ मा पर्छ ।

कुन्छाल गाउँमा गोपाली जातिको मात्रै बसोबास रहेको छ । यो जाति नेपाली ईतिहासका शाषक वर्ग गोपालवंशका सन्तती हुन् । यहाँका गोपाली समुदायको पुख्र्याैली थलो पश्चिम गोरखा हो ।

नेवारभित्रकै जाति भएता पनि गोपाली समुदायले बोलेको भाषा अरु नेवार समुदायको भन्दा निकै फरक खालको छ । कुन्छाल पुगेर केन्द्रबिन्दुकर्मी रामजी बलामी र सन्दीप आचार्यले तयार पारेको भिडियो रिपोर्टः

Logo