प्रेमीसँग आफ्नै श्रीमतीको विहे गराईदिए, उपहारमा दिए छोरा

प्रेमीसँग आफ्नै श्रीमतीको विहे गराईदिए, उपहारमा दिए छोरा


एजेन्सी । आफ्नो श्रीमती अरु कुनै अपरिचित पुरुषसँग बोल्दा त रिसले चुर भईन्छ । तर, भारतको बिहारमा एक पुरुषले भने आफ्नै श्रीमतीको उनका प्रेमिसँग विवाह गराईदिएका छन् ।

बिहारको भागलपुर जिल्लास्थित खिरीबाँध पञ्चायतको सालेपुर गाउँका रामले आफ्नी पत्नीको विहे उनका प्रेमीसँग गरिदिएका हुन् । झन रोचक कुरा त के भने उपहारमा अढाई वर्षको छोरा दिएका छन् ।

श्रीमान श्रीमती दुवै जना सालेपुर गाउँमा फ्ल्याट भाँडामा लिएर बस्दै आएका थिए। स्थायी ठेगाना काजबलीचक भएका रामले गोड्डा जिल्लाकी पत्नी राधासँग ४ वर्षअघि विहे गरेका थिए। विहेपछि उनी रोजगारका सिलसिलामा सालेपुर सरेका थिए।

उनको छोरा पनि अढाई वर्षको भइसकेको थियो। यो बीचमा एउटा मुद्दामा उनलाई प्रहरीले पक्राउ गर्‍यो। जेल जानुपर्‍यो। उनी जेल गएको समयमा पत्नीको हिमचिम घरबेटीका छोरा मोनूसँग बढ्यो। शारीरिक सम्बन्ध भयो, उनीहरु गहिरो प्रेममा परे।

जब राम जेलबाट छुटे तब उनकी पत्नी मौनूविना बाँच्नै नसक्ने अवस्थामा पुगिसकेकी थिइन। पत्नीको घरबेटीका छोरासँग प्रेममा रहेको थाहा पाएपछि रामले उक्त निर्णय लिए। ग्राम पञ्चायत भवनमा सरपञ्च पवनकुमार साहसहित विशिष्ट व्यक्तिको उपस्थितिमा पत्नीको विहे प्रेमीसँग गरिदिए। आफ्नो अढाई वर्षीय छोरा पनि पत्नी र उनको प्रेमीलाई उपहार दिए।

Logo