भारतद्वारा माल्दिभ्स ६–० गोल अन्तरले पराजित

भारतद्वारा माल्दिभ्स ६–० गोल अन्तरले पराजित


विराटनगर

पाँचौँ महिला साफ फूटबल प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा भारतले माल्दिभ्सलाई पराजित गरेको छ । शहीद रङ्गशालामा भएको खेलमा भारतले माल्दिभ्सलाई ६–० गोल अन्तरले हराएको हो ।

भारतका लागि सञ्जु यादवले दुई तथा सन्ध्या रङ्गनाथन, इन्दुमति कासिरेतान, रतनबाला देवीले एक÷एक गोल गरेका थिए । खेल अवधिभर भारतले माल्दिभ्सलाई दबाबमा राखेको थियो ।

पहिलो हाफमा ५–० को फराकिलो गोल अन्तरले अग्रता बनाएको भारतले दोस्रो हाफमा आक्रामक खेल खेलेको थियो । माल्दिभ्सका खेलाडीले रक्षात्मक खेल खेलेका थिए । बिहीबार ( आज ) समूह ‘ए’ मा रहेका बङ्गलादेश र भूटानबीच प्रतिस्पर्धा हुनेछ ।
रासस

Logo