बलात्कारबाट कसरी जोगिने ? रेस्लर भगवती खड्को बच्ने उपाय (भिडियोमा)

बलात्कारबाट कसरी जोगिने ? रेस्लर भगवती खड्को बच्ने उपाय (भिडियोमा)


काठमाडौं । पछिल्लो समय बलात्कारजन्य घटना बढ्दै गएका छन् । गत वर्ष देशभर १४ सय भन्दा बढी महिला तथा बालिका बलात्कृति भईन् । अहिले बलात्कारपछि हत्या गर्ने क्रम पनि बढ्दो छ । यसलाई नियन्त्रण गर्न एकातिर राज्यदेखि आम नागरिक लागेका छन् ।

स्वयम महिलाहरु कसरी जोगिने भन्ने कुरा पनि प्रमुख हो । सबैभन्दा पहिला महिलाहरु नै सेल्फडिफेन्स हुनु जरुरी छ । बलात्कारजन्य घटना कम गर्न सेल्फडिफेन्सले धेरैहद सम्म जोगाउँछ ।

नेपालकै पहिलो महिला रेश्लर भगवती खड्कालाई यो घटनाले पिरोलिरहन्छ । नाबालिकादेखि बृद्धासम्म बलात्कृत भईरहँदा उनलाई एकातिर दुःख लाग्छ भने अर्कोतिर महिलाहरुलाई कसरी सुरक्षित बनाउने भन्ने कुराले पिरोलिरहन्छ ।

उनी महिलाहरुलाई रेश्लिङ सिकाउनुका साथै घरेलु हिंसा तथा बलात्कार जस्ता घटनाबाट जोगिन आत्मरक्षा तालिम पनि दिदैं आएकी छन् ।

Skip This
Logo