नेपाल बहराइनसँग पराजित, एसियन कपको यात्रा टुंगियो

नेपाल बहराइनसँग पराजित, एसियन कपको यात्रा टुंगियो

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । एफसी यु–२० एसियन कप छनोटअन्तर्गतको समूह चरणको खेलमा नेपाल बहराइनसँग पराजित भएको छ ।

चाइनिज ताइपेस्थित न्यु ताइपे सिटीमा आज भएको छनोट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को आफ्नो अन्तिम खेलमा नेपाल बहराइनसँग ४-० गोलअन्तरले पराजित भएको हो । यस हारसँगै अर्को वर्ष चीनमा आयोजना हुने एएफसी यु–२० एसियन कपमा छनोट हुने नेपालको सपना समाप्त भएको छ ।

नेपालले चार खेलमा तीन अङ्क मात्र जोडेको छ । पहिलो खेलमा कम्बोडियासँग ४–१ गोलअन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेइलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो । त्यसैगरी तेस्रो खेलमा उज्बेकिस्तानसँग नेपाल ६–० गोलअन्तरले पराजित भएको थियो ।

यस जितसँगै बहराइनको अघिल्लो चरण प्रवेशको सम्भावनामा भने बाँकी नै छ । बहराइनले अब तालिकाको शीर्ष स्थानमा रहेको उज्वेकिस्तानको सामना गर्नेछ । बहराइनले आज खेलको पहिलो हाफमा दुई गोल ग¥यो भने खेलको दास्रो हाफमा पनि दुई गोल थप्यो ।

समूह ‘बी’मा नेपालसहित उज्बेकिस्तान, बहराइन, चाइनिज ताइपेइ र कम्बोडिया छन् । सन् २०२५ मा हुने एएफसी यु–२० एसियन कप छनोटमा कुल ४५ राष्ट्रको सहभागिता छ । जसलाई विभिन्न १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समुहको विजेता र उत्कृष्ट पाँच उपविजेता यु–२० टोली एसियन कपमा छनोट हुनेछन् ।

Logo