नेपाल आइपुगे चितवन शक्तिबाट खेल्ने विदेशी खेलाडी

नेपाल आइपुगे चितवन शक्तिबाट खेल्ने विदेशी खेलाडी

केन्द्रबिन्दु
182
Shares

काठमाडौँ । चितवन शक्तिबाट एभ्रेष्ट वुमन्स भलिबल लिग (ईडब्ल्यूभीएल) खेल्ने तीन जना विदेशी खेलाडी नेपाल आइपुगेका छन् ।

चितवनबाट खेल्ने २ भारतीय खेलाडी केपी अनुश्री र सूर्य सरसुरी तथा रसियाबाट आएकी अन्ना डिमित्रीभा शुक्रबार नेपाल आइपुगेका हुन् ।

तिनै जना विदेशी खेलाडीले टिममा आएर प्रशिक्षण सुरु गरिसकेका छन् । चितवन शक्तिका लागि केपी अनुश्री र अन्ना डिभित्रीभा स्पाइकरका रूपमा खेल्नेछन् । त्यस्तै, सूर्याले मिडलब्लकरको पोजिसनमा खेल्नेछिन् ।

चितवन शक्तिले प्रतियोगिताका लागि आफ्नो सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । प्रतियोगिताको पहिलो खेल चितवन शक्तिले गण्डकी थन्र्डससँग सोमबार साँझ ७ः४५मा दशरथ रंगशालामा खेल्नेछ । असोज १४ देखि १९ गतेसम्म हुने वात्सल्य वुमन्स भलिबल लिगको खेलको टिकट खल्ती डिजिटल एपबाट लिन सकिनेछ ।

Logo