खेल हेरेर हौसला बढाइदिन चितवन शक्तिद्वारा समर्थकलाई अनुरोध

खेल हेरेर हौसला बढाइदिन चितवन शक्तिद्वारा समर्थकलाई अनुरोध

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । दशरथ रंगशालाको कर्भड हलमा असोज १४ गते सोमबारबाट सुरु हुने वात्सल्य एभ्रेष्ट महिला भलिबल लिगअन्तर्गत खेल हेरेर हौसला बढाइदिन भन्दै चितवन शक्तिले आफ्ना समर्थकलाई अनुरोध गरेको छ ।

चितवन शक्तिलाई समर्थकको शक्तिको खाँचो भएकाले कर्भड हलमा आइ टिमलाई हौसला प्रदान गरिदिन उसले अनुरोध गरेको हो ।

दशरथ रंगशालाको कर्भड हलमा सोमबार पहिलो खेलमा चितवन शक्तिले गण्डकी थन्डर्ससँग खेल्दै छ । ‘तपाईँहरूको साथ, सहयोग र मायाले हामी प्रतियोगिताको उपाधि जित्ने लक्ष्यमा छौँ । त्यसैले, दशरथ रंगशाला कर्भड हल आएर आफ्नो शक्ति र ऊर्जाले चितवन शक्तिको शक्ति बढाउन अनुरोध छ ।’ उसले भनेको छ । खेल हेर्न टिकटका लागि अनलाइन माध्यम खल्तीबाट खरिद गर्न सकिने छ । चितवन शक्तिको पहिलो खेल गण्डकी थन्डर्ससँग साँझ ७ः४५ हुनेछ ।

Logo