पद खोज्दै हिँडेको छैन- जनार्दन शर्मा

पद खोज्दै हिँडेको छैन- जनार्दन शर्मा


नेकपाका नेता जनार्दन शर्माले आफु कुनै पद खोज्दै नहिडेको प्रष्ट पारेका छन् । सचारमाध्यममा शर्मा गृहमन्त्री बन्न लागेको समाचार सार्वजनिक भएपछि उनले आज सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै आफु पद खोज्दै नहिँडेको र योजना नबनाएको उल्लेख गरेका हुन्।

अध्यक्षद्वयबीच सरकार पुनर्गठनको सहमति भएको सूचना बाहिर आएपछि नेकपाका कार्यकर्ताहरूबीच विभिन्न अड्कलबाजी भैरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्री मण्डल पुनर्गठन तथा मन्त्रीहरूको जिम्मेवारी हेरफेर गर्न दुइ नेताबीच छलफल समेत भएको थियो।

‘संघीयता कार्यान्वयनको ऐजेण्डाप्रति सचेतता पूर्वक लागेको कुराबाहेक अन्य पद खोज्दै नहिँडेको र योजना नबनाएको स्पष्ट पार्दछु,’ जनार्दनले सोमवार सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्, ‘चासो चिन्ता भएका व्यक्तिहरूले मन्त्री नियुक्ति गर्ने र बर्खास्ती गर्नेसम्बन्धी निकाय वा मेरो नाम प्रयोग गरी समाचार बिकाउन मेहनत गर्नेहरूसँग सिधै सम्पर्क गर्न अनुरोध गर्दछु ।’ शर्माले लेखेका छन् ।

1

 

Logo