पशुपति शर्माको गीत हटेपछि जनता आक्रोशित ( भिडियो सहित )

पशुपति शर्माको गीत हटेपछि जनता आक्रोशित ( भिडियो सहित )


‘लुट्न सके लुट कान्छा, अरु देशमा पाईदैंन नेपालमै हो छुट’ भन्दै चर्चामा छन् गायक पशुपति शर्मा । वर्तमान राजनीति तथा संस्कारमाथि व्यंग्य प्रहार गर्दै उक्त गीत बनाएका पशुपतिमाथि चर्को दबाब आयो । जसले गर्दा उनी आफ्नो गीत हटाउन बाध्य भए । युट्युबमा अपलोड भएको दुई दिनमै उनले आफ्नो गीतलाई घुमाउरो पारामा हटाए ।

उक्त गीतमा समावेश केही शब्दहरुले नकारात्मक सन्देश गएको भन्दै दबाब आएपछि उनी हटाउन बाध्य भए । तर यो विषयमा उनले दबाब आएको नभई सुझावको आधारमा हटाईएको प्रतिक्रिया दिएका छन् । गीतको विरोध गर्नेमा सत्तारुढ दल नेकपाका नेता तथा कार्यकर्ताहरु थिए । उनीहरुले अहिले सबैकुरा सकारात्मक भईरहेको बेला पशुपतिले देशकै बेईज्जत गर्ने खालको गीत गाएको भन्दै विरोध गरेका थिए ।

शुक्रबार युट्युबबाट रिलिज भएको ‘लुट्न सके लुट कान्छा’ बोलको गीत हटाउनु भन्दा अघिसम्म ट्रेण्डिङ नम्बर ९ मा पुगेको थियो । उनले सामाजिक सञ्जाल मार्फत उक्त गीत परिमार्जन गर्दै पुनः अपलोड गर्ने बाचा सहित हटाएका थिए ।

गीतमा समावेश केही शब्दहरुमा असन्तुष्टी रहको भन्दै असन्तुष्टि रहेको शब्दहरु हटाएर परिमार्जन गर्दै ल्याउने पशुपतिको भनाई छ । जुन शब्दमा असन्तुष्टी देखियो ति शब्दहरुलाई फेर्नु आफ्नो पनि दायित्व रहेको भन्दै पशुपतिले ट्रेडिङमा रहेको उक्त गीतलाई हटाएका हुन् ।

यसरी गित हटेपछि युवा संघले चर्चित गायक पशुपति शर्माको सुरक्षा जिम्मा आफुले लिने जनाएको छ । युवा संघ अध्यक्ष रमेश पौडेलले शर्माको सुरक्षा युवासंघले गर्ने बताएका हुन् । ‘लुट कान्छा लुट’ बोलको गीतप्रति आपत्ति जनाउँदैं युवासंघले विज्ञप्ती जारी गरेको थियो । उक्त विज्ञप्तीमा आईपर्ने भवितव्यको जिम्मेवारी आफैं हुनुपर्ने उल्लेख गरिएको थियो ।

उक्त विषयमा प्रष्ट पार्दै युवा संघ अध्यक्ष पौडेलले पशुपतिको सुरक्षा जिम्मा आफुले लिने बताएका हुन् । त्यसरी धम्की दिन पाईन्छ ? भन्ने प्रश्नमा उनले भने, यदि यो गीतको विषयलाई केही भयो भने त्यसको जिम्मेवारी म लिन्छु । उहाँको सुरक्षा गर्ने जिम्मा हाम्रो हो ।

यसैविच राष्ट्रिय लोक तथा दोहोरी गीत प्रष्ठिानले लुट्न सके लुट कान्छा गीत फेरि युट्युबमा अपलोड गर्न आग्रह गरेको छ । चर्को विरोध आएपछि युट्युबबाट हटाईएको उक्त गीतलाई पुनः अपलोड गर्न प्रतिष्ठानले आग्रह गरेको हो । सोही प्रकरणमा विवाद सिर्जना भएपछि प्रतिष्ठानको आईतबार बसेको आकस्मिक बैठकले अरुको दवावमा आएर हटाईएको भए पुनः जस्ताको त्यस्तै अपलोड गर्न अनुरोध गरेको हो ।

गित हटाइएपछि सर्वसाधारणले भने सरकारकै कारण गित हटाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । विरोधमा माइतीघरमा जम्मा भएका उनीहरुले सो गित बजाउँदै सरकारको आलोचना गरेका छन् । के भने त उनीहरुले हेरौं यो भिडियोमा :

Logo