साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज भारत र माल्दिभ्स आमने सामने हुँदैछन् । शनिबार साँझ नेपाली समय अनुसार पौने ७ बजे देखि फाइनल खेल सुरु हुनेछ ।
सेमिफाइनलमा माल्दिभ्सले नेपाललाई ३–० ले पराजित गरेको थियो भने भारतले चीरपरिचित प्रतिद्वन्दी पाकिस्तानलाई ३–१ गोलले हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए ।
यी दुई टोली समूह चरणमा पनि आमने सामने भएका थिए । समूह बी अन्तर्गतको खेलमा भारतले माल्दिभ्सलाई २–० गोल अन्तरले पराजित गरेको थियो । भारतलाई साफ च्याम्पियनसिपको उपाधिको प्रबल दाबेदारका रुपमा हेरिएको छ । उसले यस अघि सात पटक सम्म उपाधि जितिसकेको छ ।
प्रकाशित: ३० भदौ २०७५ ०९:५२ शनिबार