भारतीय विदेश सचिव फर्किए, चिनियाँ रक्षामन्त्री आइतबार आउँदै

भारतीय विदेश सचिव फर्किए, चिनियाँ रक्षामन्त्री आइतबार आउँदै


काठमाडौँ । जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने कार्यशील भ्रमणमा आइतबार काठमाडौँ  आउने भएका छन्।

भ्रमणका क्रममा उनले राष्ट्रपति एवं प्रधानमन्त्रीसँग शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी आइतबार साँझ नै फर्किने कार्यतालिका छ ।

यस अघि दुई दिने नेपाल भ्रमणका लागि अर्को छिमेकी मुलुक भारतका विदेश सचिव हर्षवद्र्धन शृङ्गला नेपाल आएका थिए । शृङ्गला नेपाल भ्रमण सकेर शुक्रबार साँझ विशेष विमानबाट नयाँदिल्ली फर्किएका छन् ।

Logo