माथिल्लो तामाकोसीको आइपिओ भर्ने सबैले पाउने भएका छन्। धितोपत्र बाँडफाँड निर्देशिकाअनुसार सबैलाई शेयर दिन लागिएको बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ। "/>

तामाकोसीको आइपिओ सबैले पाउने, कति कित्ता भर्नेलाई कति पर्ला ?

तामाकोसीको आइपिओ सबैले पाउने, कति कित्ता भर्नेलाई कति पर्ला ?


माथिल्लो तामाकोसीको आइपिओ भर्ने सबैले पाउने भएका छन्। धितोपत्र बाँडफाँड निर्देशिकाअनुसार सबैलाई शेयर दिन लागिएको बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ। 

कुल ३ लाख ४६ हजार १६६ जनाले ६ अर्ब ७० करोड ५८ लाख २८ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् । कुल १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुलाइएको थियो। आयोजनाका लागि तोकिएको न्यूनतम ५० कित्ताका लागि १ लाख २६ हजार ११३ जनाले आवेदन दिएका छन्। त्यस्तै अधिकतम कित्ता १ हजारका लागि २६ हजार ३२२ आवेदकले आवेदन दिएका छन्।

कोषका अनुसार यो आवेदन संख्यालाई हेर्ने हो भने ४० कित्ता सेयर सबैले पाउने छन्। सबैलाई ४० कित्ता दिँदा १ करोड ३८ लाख ४६ हजार ६४० कित्ता बाँडफाँड हुन्छ र २० लाख ३८ हजार ३६० कित्ता बाँकी रहन्छ। बाँकी शेयरलाई पुनः गोलाप्रथाबाट २ लाख ३ हजार ८३६ जनालाई १० कित्ताका दरले थप सेयर प्रदान हुनेछ। उनीहरुले ५० कित्ताका दरले सेयर पाउने छन्।

१ लाख ४२ हजार ३३० आवेदकले ४० कित्ताका दरले सेयर पाउने छन् भने आधाभन्दा बढी संख्याले ५० कित्ता पाउने छन् । तर यस पटक धेरै आबेदन रद्ध हुने सम्भावना देखिएकाले सबै आवेदकले ५० कित्ता  पाउन सक्ने सम्भावना पनि छ ।

यो पनि 

नेप्सेको वेबसाइट अझै ह्याङ्, बजारमा दोहोरो अङ्कको गिरावट

Logo