‘सांस्कृतिक र धार्मिक केन्द्रहरु जोगाउने दायित्व हामी सबैको हो’ : पर्यटनमन्त्री भट्टराई

‘सांस्कृतिक र धार्मिक केन्द्रहरु जोगाउने दायित्व हामी सबैको हो’ : पर्यटनमन्त्री भट्टराई


काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सांस्कृतिक र धार्मिक केन्द्रहरु जोगाउने दायित्व सबैको भएको बताएका छन् । मानव सभ्यताको विकासको प्रतिकका रुपमा रहेका सम्पदाहरुको संरक्षण र सम्बर्धनमा सबै मिलेर अगाडि बढ्नु पर्नेमा उनले जोड दिए ।

नेपालमा रहेका मठमन्दिर, गुम्बा र चैत्यहरु नेपालको मानव जाति र सभ्यताका प्रतिकहरु रहेको उल्लेख गर्दै उनले ऐतिहासिक ठाउँहरुको विकासमा सबै एकजुट भएर अगाडि बढ्नु पर्ने बताए । चतुर्व्युह नारायण मन्दिर नारायणहिटीद्वारको उद्घाटन कार्यक्रममा उनले भने, ‘‘नेपालमा जति पनि मन्दिरहरु छन् । सांस्कृतिक, धार्मीक केन्द्रहरु, मठ मन्दिरहरु, गुम्बा, चैत्यहरु छन् ती सबै नेपालको मानव जातिका, मानव सभ्यताको विकासका प्रतिकहरु हुन् । हामी लिच्छिविकालमा कस्तो थियौँ । मल्लकालमा कस्तो थियौँ भन्ने कुरा यी मन्दिरहरु, ऐतिहासिक ठाउँहरुले देखाउँछन् । ऐतिहासिक ठाउँहरुको संरक्षण र संवर्धन गरि युगयुगसम्म पनि बनाउनु पर्ने दायित्व हामी सबैको हो ।’’

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी-भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नु पर्ने बताए। एउटै ‘प्याकेज’मा यी क्षेत्रहरुको विकास गर्न सके पर्यटकहरुलाई आकर्षित गर्न सकिने उनले बताए।

आज हरिबोधनी एकादशीको अवसरमा नारायणहिटीद्वारको उद्घाटन गरिएको हो । मन्त्री भट्टराईसँगै, सांसद थापा, भिमसेनदास प्रधान, राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवाली, नारायणहिटी दरबार संग्रहालयका प्रमुख भेषराज दाहाल लगायतको उपस्थिति रहेको थियो ।

Logo