अवैध लागूऔषधसहित पक्राउ

अवैध लागूऔषधसहित पक्राउ


काठमाडौं । भक्तपुर सूर्यविनायक नगरपालिका-६ बस्ने काभ्रे भुम्लु गाउँपालिका-३ स्थायी ठेगाना भएका २८ वर्षीय सुजन बुढाथोकीलाई १३ ग्राम ४५ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन, नियन्त्रित लागूऔषध २१ ट्याब्लेट नाईट्राजेपाम, १ थान डिजिटल तराजु र नगद ५६ हजार रुपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कागेश्वरी मनहरा नगरपालिका-९ खहरेचोकबाट लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई बा.९० प ८७५४ नम्बरको स्कुटर, ५ ग्राम अवैध लागूऔषध खैरो हेरोइन र नगद ५ हजार सहित फेला पारी पक्राउ गरे पश्चात अनुसन्धानको क्रममा उनको कोठाबाट थप ८ ग्राम ४५ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन, नियन्त्रित लागूऔषध नाईट्राजेपाम, डिजिटल तराजु र नगद ५१ हजार रुपैयाँ प्रहरीले बरामद गरेको हो ।

सुजन उपर लागूऔषध मुद्दामा थप अनुसन्धान भईरहेको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले जनाएको छ ।

Logo