सप्तरी । डाक्टरले ज्युँदै बच्चालाई मृत्यु भएको घोषणा गरेर पोष्टमार्टम गरेपछि अस्पतालमा तोडफोड गरिएको छ । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ज्युँदो बच्चालाई मृत घोषणा गरी पोष्टमार्टम कक्षमा लगेपछि शनिबार अस्पतालमा प्रदर्शन र तोडफोड गरिएको हो । "/>

ज्युँदो बच्चालाई मृत घोषणा गरेर डाक्टरले पोष्टमार्टम गर्न लगेपछि…

ज्युँदो बच्चालाई मृत घोषणा गरेर डाक्टरले पोष्टमार्टम गर्न लगेपछि…


सप्तरी । डाक्टरले ज्युँदै बच्चालाई मृत्यु भएको घोषणा गरेर पोष्टमार्टम गरेपछि अस्पतालमा तोडफोड गरिएको छ । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ज्युँदो बच्चालाई मृत घोषणा गरी पोष्टमार्टम कक्षमा लगेपछि शनिबार अस्पतालमा प्रदर्शन र तोडफोड गरिएको हो ।

 

उपचारका लागि आएका सप्तरीको रुपनी गाउँपालिका ६ का अशोक साहका १८ महिने छोरा अरब साहलाई ज्युँदै अवस्थामा पनि मृत्यु भएको घोषणा गरेर पोष्टमार्टम कक्षमा राखेपछि अस्पतालमा आफन्तजनहरुले प्रदर्शन र तोडफोड गरेका हुन् ।

 

सर्पले टोकेपछि अरबलाई गएराति उपचारका लागि अस्पतालमा ल्याइएको थियो । तर अस्पतालले मृत घोषणा गरी पोष्टमार्टमा राखेको र शनिबार बिहान गाउँले महिलाहरु आएर बच्चालाई हेर्न जाँदा आँखा खुलेको र थुक निस्किरहेको देखेपछि आफन्त र स्थानीयवासीले अस्पतालमा प्रदर्शन र तोडफोड गरेका हुन् । उनीहरुको प्रदर्शनका कारण बिहानैदेखि अस्पतालको अवस्था तनावग्रस्त भएको छ । अस्पतालको आकस्मिक कक्षको सेवा समेत प्रभावित भएको छ ।

 

Logo