काठमाडौं

सीमाविद बुद्धिनारायण श्रेष्ठले नेपाल र भारतको सीमानामा काँडे तार लगाउनु पर्ने बताएका छन् । "/>

नेपाल – भारतको सीमामा काँडे तार लगाउनुपर्छ : सिमाविद श्रेष्ठ

नेपाल – भारतको सीमामा काँडे तार लगाउनुपर्छ : सिमाविद श्रेष्ठ


काठमाडौं

सीमाविद बुद्धिनारायण श्रेष्ठले नेपाल र भारतको सीमानामा काँडे तार लगाउनु पर्ने बताएका छन् । नेपालको अन्तराष्ट्रिय सीमा नियमन, खुल्ला सीमानाः अवसर र चुनौती विषयक कार्यक्रममा नापी विभाग पूर्व महानिर्देशक समेत रहेका श्रेष्ठले १०-१५ वर्ष भित्र नेपाल–भारतको सिमानामा काँडे तार लगाएर नियमन गर्नु पर्ने बताएका हुन् ।

उनले नेपाल भारतको सीमा खुला मात्र नरहेर हवाङै रहेको बताए । उनले खुला सीमाका कारण मुलुकमा अपराध, लागुपदार्थ ओसारपसार, तस्करी, मानव बेचविखन बढेको बताए । उनले खुला सीमा अवाच्छित तत्वले दुरुपयोग गरिरहेको बताए । खुला सीमानाका कारण नै आंतक भित्रिने खतरा समेत त्यतिकै रहेको उनको ठहर छ ।

सीमा नियमनमा ढिलाइ गर्नु जोखिमपूर्ण रहेको उनको भनाइ छ । उनले नेपालबाटै भारतीय विमान अपहरणको प्रसंग कोट्याउदै ठूलो दुर्घटना नभएसम्म सीमा नियमनमा कसैको ध्यान नगएको बताए ।

‘सीमा खुला छाड्नु हुदैन, यसले स्लामिक आंतकवादी समेत आउन सक्छन्’, उनले भने, ‘हवाई अपहरण जस्तो ठूलो घटना पर्खिनु हुँदैन, छिटो नियमन गर्नु पर्छ ।’ उनले सीमामा सीसीटिभी राखेर सर्वप्रथम परिचय–पत्र व्यवस्था गर्नु पर्ने बताए । उनले नेपाल भारतको सीमा सुरक्षाको दृष्टिकोणले समेत संवेदशील रहेको बताए । नेपालका लागि पूर्व भारतीय राजदुत दीपकुमार उपाध्ययले सीमा नियमन आवश्यक रहेको बताए ।
अन्नपूर्णबाट

Skip This
Logo