ज्ञानमणि नेपाल कालोटोपी
काठमाडौं

हिजोआज साहित्यिक पुस्तकहरुको भिड नै लागेको छ । "/>

मुक्तक विधाको ऐतिहासिक दस्तावेज विनयको प्रेमाञ्जली

मुक्तक विधाको ऐतिहासिक दस्तावेज विनयको प्रेमाञ्जली


ज्ञानमणि नेपाल कालोटोपी
काठमाडौं

हिजोआज साहित्यिक पुस्तकहरुको भिड नै लागेको छ । तर स्तरिय कृतिहरुको अभाव पनि उस्तै रहँदा साहित्यप्रेमीहरुलाई कसको कृति कस्तो भनेर छुट्याउन पनि गाह्रो भइरहेको समयमा प्रेमाञ्जलीे मुक्तकसङ्ग्रह लिएर साहित्यकार विनयकुमार शर्मा नेपाल आएका छन् । नेपाल बहुमुखी स्रष्टा, द्रष्टा, अभियन्ता, संगठक, प्रकाशक, साहित्यिक पत्रकार, शिक्षासेवी आदि बहुमुखी व्यक्तित्व सम्पन्न प्रतिभा हुन । उनको परिचय कोशकार, कवि र निबन्धकारका रूपमा नेपाली वाड्मय र साहित्यमा स्थापित छ । उनका  पहिलो कृति परिकल्पना-२०३८ देखि सङ्क्षिप्त नेपाली शब्दसागर–२०६२ हुँदै  (कार्यकारी सम्पादक, शब्दकोश) नेपाली गणितकोश– २०७५ ( भाषा सम्पादन, शब्दकोश ) सम्म विभिन्न साना ठूला  ४७ कृति प्रकाशित छन् । वटा शब्दकोश र विश्वकोश, झन्डै एक दर्जन सम्पादित एवम् समालोचना ग्रन्थ, अनुदित ग्रन्थ, आधा दर्जन जति निबन्ध र कविता सङ्ग्रह, उपन्यास आदि कृति प्रकाशित छन् ।

उनको. प्रेमाञ्जली (२०७५,मुक्तकसङ्ग्रह) पछिल्लो कृति हो । यस सङ्ग्रहको लेखकीयमा मुक्तक विधाका सैद्धान्तिक आधार माथि प्रश्न उठाइएको छ । यो उठाउनु पर्ने आवाजै भए पनि आजका नेपाली मुक्तकका पण्डित यस भनाइलाई हावामा उडाइरहेका छन् । नेपालका मुक्तकले कतै घमण्ड, डाह, ईष्र्या र कुण्ठालाई उडाउँछन्, कतै मान्छेको मन भित्र ईश्वर र राक्षस देख्छन् (पृ.२९), कतै जोगीका तनलाई भोगी देख्छन्, अन्धेश्वर, धन्देश्वर र गन्धेश्वरका कुरा गर्छन् ( पृ ३२), कतै लौकिकताको विरोध गर्छन् (पृ. ३४) ।

मुक्तकको भाषा केही खरो, झर्रो, ठेट र मौलिक छ । खाएको थालमा हग्ने जस्ता केही अश्लिल लाग्ने पदावली वा उखान टुक्कालाई पनि उनले आफ्ना सिर्जनामा सान्दर्भिक बनाएर समेटेका छन् । माखो मार्नु, काँस जस्तो जर्कने, बाँस जस्तो नुहुनु, लौकाको भाउमा बिक्नु, भकुन्डो सरि हान्नु, पेन्डुलम बन्नु, अन्तर्मन सिँगार्न नसक्नु (पृ.५९), बगर जस्तै सुस्ताउनु, लीला देखाउनु, खहरे उर्लनु, आफ्नो हैसियत हेर्नु (पृ४५), राँको बल्नु –पृ.६१), मुटु दुख्नु – पृ.६२), राधा कृष्णको प्रेम –पृ.६६), दुईधारे तरबार (पृ.७१), घरपालुवा कुखुरो दालबराबर (पृ.११८), काँडो बन्नु –पृ. ११९), खाम भर्नु (पृ ११६) आदिको प्रयोज सहज देखिन्छ । यी मुक्तकमा काँस, बाँस, घाँस आदि विम्ब र अनुप्रास दुवै बनेर आएका छन् । छाला , ताला र माला (पृ.५३ ) पनि त्यसरी नै आएको देखिन्छ । यहाँ कतिपय मुक्तकले अनुप्रासलाई नै विम्ब बनाएका छन् । गणितका जोड, घटाउ नै नेपालका विम्ब बन्छन् र मुक्तककै विषय बन्छन्, जस्तै :
जोड गर घटाउ मिल्दैन घटाउ गर जोड मिल्दैन
भाग गर गुना मिल्दैन गुना गरी हेर थोक मिल्दैन
काँडाहरूको बदला फूलैफूलको गुच्छा दिँदा पनि
तिमीसँग हिसाबको किन किन कतै फल–योग मिल्दैन ।

यो मुक्तक विम्बात्मक छ । गणितका विम्बमा दार्शनिक छ । त्यस्तै सागर, आकाश, कोपिला, स्टेथोस्कोप, खरी, पाटी, मियो, किलो, जिलो, बल्ड्याड्ग्रो आदि विम्बहरूको सहज प्रयोग भएको छ । समग्रमा नेपालका मुक्तकले छोड्न नसकेको कुरो प्रेम, प्रकृति र समाज हो । समाजका विसंगत पक्षको उठान हो । खारिएको प्रस्तुतीले भने यो एउटा संग्रहणिय कृति भएकोमा भने शंका छैन । शब्दार्थ प्रकाशनले बजारमा ल्याएको यस मुक्तक संग्रहलाई २५० रुपैयाँमा किन्न पाइन्छ ।

 

Logo