कञ्चनपुर

कञ्चनपुरको भीमदत्तनगरमा आइतबार बेलुकी ६ बजे देखि राति १० बजे सम्म र सोमबार बिहान ५ देखि दिउँसो १२ बजेसम्म कफ्र्यु खुलाइएको छ । "/>

कञ्चनपुरमा लगाईंदै आइएको कफ्र्युको तालिका फेरियो

कञ्चनपुरमा लगाईंदै आइएको कफ्र्युको तालिका फेरियो


कञ्चनपुर

कञ्चनपुरको भीमदत्तनगरमा आइतबार बेलुकी ६ बजे देखि राति १० बजे सम्म र सोमबार बिहान ५ देखि दिउँसो १२ बजेसम्म कफ्र्यु खुलाइएको छ । जिल्ला प्रशासन कार्यालयमा हिजो साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले कफ्र्युको समय तालिका फेरबदल गरेको जिल्ला सुरक्षा समितिका एक सदस्यले जानकारी दिए ।

विगत केही दिन यता कञ्चनपुरको भीमदत्तनगरमा १३ वर्षीया निर्मला पन्त काण्डपछि आन्दोलन चर्किदै आएको थियो । यहाँ शुक्रबार राति ८ बजे देखि स्थिति सामान्यरुपमा ल्याउन र शान्तिसुरक्षा खलबलिन नदिन कफ्र्यु लगाउन थालिएको हो ।

भीमदत्त नगरपालिकाको ४, ६ र १८ को विभिन्न स्थान तोकेर कफ्र्यु लगाइँदै आएको छ । भीमदत्तनगरमा वातावरण केही सामान्य बनेकाले आइतबार बिहान पनि पाँच घण्टा कफ्र्यु हटाइएको थियो । सोमबार सम्म तोकिएको समयसीमा बाहेकको समय भने कर्फयु यथावत् रहनेछ ।
रासस

 

Logo