काठमाडौँ

‘माईतमा त सबकी प्यारी यसै थिएँ हुरुक्क
घरमा पनि पाईछु माया मनै फुरुक्क !

वास्तवमा एउटी नारी त्यतिवेला मात्र खुशी हुन्छे र आफूलाई भाग्यमानी महसुस गर्छे जतिबेला ऊ जन्मघरबाट कर्मघर जाँदा जन्मघरको जतिकै माया ममता पाउछे र जन्मघरमा जस्तै अपनत्व महसुस गर्छे । "/>

गायिका चन्द्रा मरासिनीको भाग्यमानी छोरी सार्वजनिक (भिडियोमा)

गायिका चन्द्रा मरासिनीको भाग्यमानी छोरी सार्वजनिक (भिडियोमा)


काठमाडौँ

‘माईतमा त सबकी प्यारी यसै थिएँ हुरुक्क
घरमा पनि पाईछु माया मनै फुरुक्क !

वास्तवमा एउटी नारी त्यतिवेला मात्र खुशी हुन्छे र आफूलाई भाग्यमानी महसुस गर्छे जतिबेला ऊ जन्मघरबाट कर्मघर जाँदा जन्मघरको जतिकै माया ममता पाउछे र जन्मघरमा जस्तै अपनत्व महसुस गर्छे । उल्लेखित पंक्तिहरु गायिका चन्द्रा मरासिनी ‘जुना’ को तीज गिती एल्वमबाट लिइएको हो । हरेक बर्ष तीजको गीतमा सासु र घरपरिवारलाई विभिन्न दोषारोपण गर्दै असन्तुष्टिका शव्द खर्च गर्ने गरेकोमा यसमा भने जुनाले भिन्न तरिकाको शव्द चयन गरेकी छिन् ।

उनको आफ्नै शव्द रचनामा रहेको ‘भाग्यमानी छोरी ’ बोलको यस गीतमा उनले आफूलाई घर – माईती दुबै तिरको बराबर माया पाएकी एक भाग्यमानी छोरीको रुपमा चित्रित गरेकी छिन् । उनले गीतको बोलमै भनेकी छिन, ‘जन्म घरमा पाउने माया कर्म घरमा पाकि छु , खुशी छु म भाग्यमानी छोरी हुनाले ।’

अलि फरक खालको भएर होला अहिले उनको उक्त तीज गीत चर्चामा रहेको छ । उक्त गीतलाई गायक जिज्ञासु पौडेल तिलकले लय दिएका छन् । हाईलाईट्स नेपालले बजारमा ल्याएको गीतमा राजु सापकोटा, निरु खड्का, गीता थापा, रुपा गौतम र दिवाकर भण्डारीको उत्कृष्ट अभिनय रहेको छ । त्यस्तै बाल कलाकार सम्राट गौतम र स्तुती गौतमको अभिनयले पनि गीतलाई थप सार्थकता दिएका छन् ।

गीतको निर्देशन कलाकार निरु खड्काले गरेका छिन भने एरेन्ज कमल सौरागले गरेका हुन् । मौलिक शब्द तथा लोक लय प्रस्तुत गरेकाले आफ्नो गीतलाई स्रोता दर्शकले माया गर्नेमा गायीका जुना विश्वस्त रहेकी छिन । हेरौं भिडियोमा :

 

 

Logo