काठमाडौं

नेपालको व्यापार घाटा गत आर्थिक वर्षमा ११ खर्ब ६२ अर्ब १० करोड रुपैयाँ पुगेकोे छ । "/>

नेपालको व्यापार घाटा ११ खर्ब ६२ अर्ब भन्दा वढी

नेपालको व्यापार घाटा ११ खर्ब ६२ अर्ब भन्दा वढी


काठमाडौं

नेपालको व्यापार घाटा गत आर्थिक वर्षमा ११ खर्ब ६२ अर्ब १० करोड रुपैयाँ पुगेकोे छ । यो घाटा आव २०७३/०७४ को तुलनामा २७.५३ प्रतिशत बढी हो । आयात बढ्दै जाने तर निर्यात नबढ्ने अवस्थाका कारण व्यापार घाटा उच्च बन्दै गएको छ । आव २०७४/०७५ मा नेपालले १३ खर्ब २४ अर्ब ४८ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको थियो । यसमध्ये १२ खर्ब ४३ अर्ब २९ करोड रुपैयाँको वस्तु तथा सेवा नेपाल भित्रिँदा ८१ अर्ब १९ करोड रुपैयाँको नेपाली वस्तु विदेशी बजारमा पुगेको छ ।

यो घाटा सरकारले गएको आव विकास निर्माण देखि चालु तथा वित्तीय व्यवस्थामा गरेको बजेटरी खर्च भन्दा ८९ अर्ब बढी हो । सरकारले गएको आव यी क्षेत्रमा १० खर्ब ७३ अर्ब खर्च गरेको छ । गएको आवमा भएको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९३.९ प्रतिशत र निर्यातको हिस्सा ६.१ प्रतिशत रहेको भन्सार विभागका महानिर्देशक तोयम रायले जानकारी दिए ।

सरकारका पूर्वसचिव पुरुषोत्तम ओझाले यती धेरै व्यापार घाटाले अर्थतन्त्रलाई ठूलो जोखिमतिर लैजाने बताए । ‘रेमिट्यान्स पनि खासै वृद्धि हुन सकेको छैन’,उनले भने, ‘तथ्यांकले आयातको नियन्त्रण गर्दै निर्यात बढाउने किसिमका कार्यक्रम ल्याउनु पर्छ ।’ ‘खासखास वस्तु सम्बन्धित बजारमा निर्यात गर्नु पर्छ’, उनले थपे, ‘व्यापार घाटा कम गर्ने तथा आयात प्रतिस्थापन गर्ने उद्योगमा केन्द्रीत हुनु पर्छ । नत्र नेपालले थाम्न सक्दैन । उच्च मूल्य भएका कृषि तथा वन पैदावारका वस्तुको उत्पादन तथा प्रशोधन उद्योगको स्थापना गर्नु आवश्यक छ ।’

आव २०७३/७४ मा १० खर्ब ५७ अर्ब ३३ करोड वैदेशिक व्यापार भएको थियो । यसमा नौ खर्ब ८४ अर्ब ३० करोड आयात हो भने ७३ अर्ब तीन करोड निर्यात हो । गएको आवमा नौ खर्ब ११ अर्ब २६ करोडको व्यापार घाटा भएको थियो । नेपालबाट विश्व बजारमा भएको व्यापार मध्ये ५७.४ प्रतिशत छिमेकी मुलुक भारतमा भएको छ भने अमेरिकामा ११.३ प्रतिशत, जर्मनमा नौ प्रतिशत, टर्कीमा ५.८ प्रतिशत र अन्य देशमा २१.७ प्रतिशत निर्यात भएको हो ।
अन्नपूर्णबाट

Logo