जुम्लामा निषेधित क्षेत्र घोषणा

जुम्लामा निषेधित क्षेत्र घोषणा


जिल्ला प्रशासन कार्यालय जुम्लाले निषेधित क्षेत्र घोषणा गरेको छ । डाक्टर गोविन्द केसीले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अनसन सुरु गर्ने तयारी गरेपछि स्थानीय प्रशासनले सो प्रतिष्ठान वरपरका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।

शुक्रबार सूचना निकालेर सदरमुकाम खलंगाभित्रको प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको २ सय मिटर वरपरका क्षेत्रमा अनसन, आन्दोलन तथा नारा जुलुस गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको हो।

चिकित्सा शिक्षा अध्यादेश तत्काल जारी गर्नुपर्ने माग राख्दै डाक्टर केसी शनिबारदेखि अनसन बस्ने तयारीमा छन् ।

Logo