काठमाडौँ
वैदेशिक रोजगार विभागको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत नवौं पटक कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला गरेको तीन दिनमै ५० हजार भन्दा बढीले अनलाइनका माध्यमबाट भाषा परीक्षाको आवेदन दिएका छन् । "/>

कोरिया जान ३ दिनमै ५० हजार जनाको आवेदन

कोरिया जान ३ दिनमै ५० हजार जनाको आवेदन


काठमाडौँ
वैदेशिक रोजगार विभागको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत नवौं पटक कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला गरेको तीन दिनमै ५० हजार भन्दा बढीले अनलाइनका माध्यमबाट भाषा परीक्षाको आवेदन दिएका छन् ।

कोरियामा रोजगारीका लागि जाने आशामा शनिबार सम्म यति धेरैले आवेदन दिएका हुन् । ५५ हजारले ग्लोबल आईएमई बैंक मार्फत प्रतिव्यक्ति आवेदन फारमको २४ डलर शुल्क बुझाइसकेका छन् । कोरियाले ईपीएस अन्तर्गत आगामी आर्थिक वर्षमा सात हजार एक सय जना नेपाली लैजाने जानकारी दिएको छ । त्यसैले कोरिया जाने आशामा धेरै युवाले आवेदन दिएको ईपीएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले बताए ।

आवेदनका लागि बुधबार राति देखि नै युवाहरू लामबद्ध थिए । तीन दिनमा भरेको फारमको अवस्था हेर्दा यस वर्ष गतवर्षको तुलनामा बढी आवेदन फारम भरिने अनुमान गरिएको उनको भनार्इ छ । फारम भर्ने म्याद चैत १७ गतेसम्म छ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको नेपाली नागरिकले भाषा परीक्षाको आवेदन दिन सक्ने निर्देशक खनालले बताए । भाषा परीक्षा जेठ २६ र २७ गते हुनेछ। आवेदन भर्दा पोखरा केन्द्र छनोट गर्ने पहिलो १२ हजारले पोखरा र अरूले काठमाडौंमा परीक्षा दिनुपर्ने व्यवस्था गरिएको उनले जानकारी दिए । यसपटक सात हजार एक सय जना उत्तीर्ण गर्ने योजना छ। त्यसमध्ये उत्पादनमूलक क्षेत्रमा चार हजार आठ सय र कृषि क्षेत्रमा दुई हजार तीन सय कोटा निर्धारण गरिएकोे छ । अघिल्लो वर्ष कोरियन भाषा परीक्षाका लागि ७५ हजारले आवेदन दिएका थिए ।
अन्नपूर्णबाट

Logo