अभिनेत्री सिल्पा शेट्टी फिल्मको कारण कम र योगाको कारण बढी चर्चित छिन् । सुरुमा उनी बोल्ड अभिनेत्रीको रुपमा चिनिन्थे । अहिले उनी सुडौल शरीरको कारण चिनिन्छन् । "/>

गृहणीले सिक्नैपर्ने सिल्पा शेट्टीको यो टिप्स

गृहणीले सिक्नैपर्ने सिल्पा शेट्टीको यो टिप्स


अभिनेत्री सिल्पा शेट्टी फिल्मको कारण कम र योगाको कारण बढी चर्चित छिन् । सुरुमा उनी बोल्ड अभिनेत्रीको रुपमा चिनिन्थे । अहिले उनी सुडौल शरीरको कारण चिनिन्छन् ।

शिल्पा योग गर्छिन् । साथसाथै योगको विभिन्न अभ्यास गरेर शेयर गर्छिन् । उनी कहिले रामदेवसँग योग गरिहरेकी हुन्छिन्, कहिले अरुको भिडभाडमा पनि ।

उनले आफु गर्भवती हुँदादेखि कसरी फिटनेसमा ध्यान दिएँ भन्ने सम्बन्धमा एउटा अन्र्तवार्ता दिएकी थिइन् । फिट एन्ड फाइन रहन चाहने, खागरी गृहणीहरुका लागि उनको यो सुझाव निकै उपयोगी छ । यसलाई हामीले उनकै भाषामा प्रस्तुत गरेका छौं ।

शिल्पाको फिटनेस फर्मुला

जब बच्चा मेरो पेटमा थियो, तब मैले खानपानमा गरिरहेको नियन्त्रण छाडिदिए । यसले मेरो तौल ३२ किलोसम्म बढ्यो । म साइजमा ८ बाट १६ मा पुगें । मलाई लाग्यो कि, म सुन्दर देखिएकी छैन ।

बच्चालाई जन्म दिइसकेपछि आफ्नो दाम्पत्य जीवनको लागि पनि असुरक्षित महसुष गर्न थालेकी थिएँ । मैले कतिपनि ढिला नगरी खानपानमा नियन्त्रण गरें । त्यसँगै योग पनि गर्न थालें । त्यसबेला मैले कार्बोहाइड्रेट नभएको खानेकुरा सेवन गरेकी थिएँ । यसरी गर्भावस्थामा बढेको तौल नियन्त्रण भयो ।

हाम्रो भोजनमा विषालु तत्व बढिरहेको छ । कतिपय बजारको सामाग्री खान लायक छैन । मैले प्याकेज्ड फुड्सको लेबलमा किन ध्यान दिनुपर्छ भन्ने पनि महसुष गरें । त्यसपछि मैले आफ्नो भान्साबाट ति सबै कुरा मिल्काइदिएँ । मैले रिफाइन्ड आटा र कर्न फ्लोर बन्द गरें ।

मीठाईमा अब प्रोसेस्ड ह्वाइट सुगरको ठाउँमा गुड, कोकोनट सुगर र महको प्रयोग गर्न थालें । यसका साथै मैले आफ्नो घरमा कृतिम रंग र त्यसखाले पेयमा बन्देज लगाएँ । मैले सहि समयमा खाने तालिका बनाएँ । यदि तपाई रातको आठ बजेपछि वा सुत्नुभन्दा दुई घण्टाअघि खाना खान बन्द गर्नुभएन भने, छिटै पाको हुनुहुनेछ । यो पक्का छ ।

उमेर बढ्ने क्रम नियमित चलिरहन्छ । तपाईको हातमा केवल यति छ कि, यसलाई कसरी बढ्न दिने ? तपाई स्वच्छ र पौष्टिक खानेकुरा सेवन गर्नुहोस् । घिउ, काचो एभोकाडो र नरिवल तेल जस्तो राम्रो फ्याट प्रयोग गर्नुहोस् । खासगरी घिउ, तपाईको हड्डीको लागि अति आवश्यक छ । यसले तपाईमो मेटाबोलिज्म र पाचन पनि सुदृढ हुन्छ ।

म आफ्नो खाना नरिवल तेलबाट बनाउँछु । मैले अनुहारमा समेत क्रिम लगाउन छाडिदिएँ । अहिले नरिवल तेल नै लगाउँछु । ओलिभ आयलसँग मिलाएर यसलाई मेकअप रिमुभर जस्तै प्रयोग गछुर्् । म आफ्नो घरेलु बडी स्क्रबमा पनि नरिवल तेल प्रयोग गर्छु । एजेन्सी

Logo